logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्क मन्त्री स्तरीय अनौपचारिक बैठक हुने


अंकुरण खबर
2.47K
Shares

सरकारले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्री स्तरीय अनौपचारिक बैठक आयोजना गर्ने भएको छ ।

भदौ ९ गते सोमबारको मन्त्रिपरिषद बैठकले यस्तो बैठक गर्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता युवराज खतिवडाले अनौपचारिक बैठक आयोजन गर्नका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए ।

यो बैठकमा सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरू सहभागी हुनेछन् । सार्क सदस्य राष्ट्रद्वय भारत र पाकिस्तानबीचको तिक्तताका कारण सार्क सम्मेलन हुन सकेको छैन ।

यसअघि सार्क सम्मेलन नेपालमा सन् २०१४ मा आयोजन भएको थियो ।

नेपालपछि पाकिस्तानले सार्क सम्मेलन गर्ने पालो भए पनि भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो नभएकाले हुन सकेको छैन । यसैबीच सरकारले सार्क देशका मन्त्रीहरुको बैठक आयोजना गर्न लागेको हो ।