logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा भदौ १८ गतेसम्म थपियो निषेधाज्ञा


अंकुरण खबर
676
Shares

स्याङ्जामा जारी निषेधाज्ञा भदौ १८ गतेसम्म थपिएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको र संक्रमण फैलिने त्रास कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय थप गरेको जनाएको छ ।

निषेधाज्ञाको समयमा खाद्यान्नका पसलहरू बिहान र बेलुका २ घण्टा खुल्ला गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

यसअघि भदौ ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।