logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुखुराको मुल्यमा भारी गिरावट, उद्योगीले एकलौटी भाउ घटाउँदा लागतनै नउठेको किसानको गुनासो


अंकुरण खबर
1.781K
Shares

कोरोना भाइरसका कारण सरकारद्वारा जारी गरिएको निषेधाज्ञा संगै नेपालको पोल्ट्री बजार ध्वस्त बन्दै गइरहेको छ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि मिति २०७६/०५/१२ गते देखि लागु हुने गरि जिउदो कुखुराको मुल्यमा प्रतिकेजी रु. १० घटाई १७० कायम गरेपछि कुखुरापालक किसानहरु आक्रोशित बनेका छन् ।

कुखुरापालक किसान संघर्ष समितिका सदस्य निकेश कार्कीका अनुसार उद्योगीहरुको निर्देशनमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मनोमानी ढंगले बजारको वस्तुगत परिस्थितिको आकलन नगरि अन्धाधुन्ध कुखुराको मुल्य घटाएको, बजारमा औसत मासु खपत हुदाहुदै पनि व्यवसायीहरुले कोल्डरूम भर्नकै लागि किसानले पालेका कुखुराको मुल्य घटाएर व्यापारीहरुले कालोबजारी गरिरहेको आरोप लगाए । अहिले किसानसंग १५०/१६० मा किनेको कुखुरा २ महिनापछि दोब्बर भन्दा बढी मुल्यमा (४००) केजीले बेच्नका लागि मुल्य घटाएको दाबी गरे।

त्यसैगरि कुखुरापालक संघर्ष समितिका अर्का सदस्य केशव खड्काका अनुसार उद्योगीहरुले ७०/७५ मा बेचेको चल्ला, ३०००/३१०० दाना खुवाएको कुखुराको मुल्य रातारात २०/२५ दिनको अन्तरालमा प्रतिकेजी रु. ७० रुपैयाँ मुल्य घटाउनु उद्योगीहरुको मनोमानी बढेको बताए । हाल कुखुराको लागत मुल्य जबकि २०० भन्दा बढी पर्दछ ।

यता राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बिसीका अनुसार कुखुराको मुल्य घटाएको कुरा स्वीकार गरे । तर हाम्रो मनोमानी नभइ बाहिरबाट कुखुरा सस्तो (१३०/१४०) आएका कारण बजारमा प्रतिस्पर्धा उच्च भएकाले कुखुराको मुल्य घटेको बताए। तर कुखुरापालक किसान दिपक बास्ताकोटीले डाटा प्रस्तुत गर्दै २०७६/४/१५ गते २५०, ४/२० गते २४०, ४/२३ गते २३०, ४/२६ गते २२०, ४/२९ गते २००, ५/२ गते १९०, ५/८ गते १८० र ५/१२ गते बाट १७० का दरले यति छोटो समयमा यति धेरै मुल्य घट्नु भनेको उद्योगीहरुको चल्ला बेच्नका लागि बदमासी गरेको बताए ।  कृषकहरुले भने सिमित व्यक्तिको स्वार्थका कारण कुखुरापालक कृषकहरु सधै जसो घाटामा जानु परेकाले किसानहरुलाई उद्योगीबाटै क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।