logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
1.573K
Shares

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ घर भएकी ७१ वर्षीय महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

भदौ ७ गते चितवन मेडिकल कलेज ल्याइएकी उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

निमोनिया र दमबाट ग्रस्त उनको अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।