बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
झापा र मोरङका एक–एक जना संक्रमितको आज विहान मृत्यु भएको हो । झापाको कमल गाउँपालिकाका तीन केर्खा बजारका ८३ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । एक साता अघि अस्पताल भर्ना भएका उनको विहान चार बजे मृत्यु भएको हो ।
उनका परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएकाले मेची अस्पताल भद्रपुरको आइसोलेसन राखेर उपचार भइरहेको छ ।
त्यस्तै मोरङका ५६ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने युवक बेलबारी पाँचका रहेका छन । उनमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।