logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा सेनालाई कोरोना देखिएपछि उपचार गरिएको अस्पताल सिल


अंकुरण खबर
1.885K
Shares

ओखलढुंगाको अरिदमन गणमा कार्यरत एकजना नेपाली सेनालाई कोरोना पुष्टि भएको छ ।

उनलाई कोरोना पुष्टि भएपछि उनको उपचार गरिएको रुम्जाटार अस्पताल र ओखलढुंगा सामुदायिक अस्पताल सोब्रु सिल गर्ने तयारी गरिएको साहायक प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद भट्टराइले जानकारी दिए ।

दुबै आस्पतालमा अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको र संक्रमितमा कोरोना पुष्टि भएमा दुबै अस्पताल सिल गर्ने तयारी समेत गरिएको उनले बताए ।

कोरोना पुष्टि भएका सेनाका जवानको रुम्जाटार अस्पताल र ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भएको थियो ।

उनको उपचार सुरुमा भदौ ७ गते जिल्ला अस्पताल रुम्जाटारमा गरिएको थियो । रुम्जाटारपछि ८ गते ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार गरिएको थियो ।

कोरोनाको लक्षण देखिएपछि उनलाई हेलिकोष्टरमार्फत ९ गते काठमाडौं ल्याइएको थियो । उनको काठमाडौँमै स्वाब परीक्षणपछि कोरोना पुष्टि भएको थियो ।

उपचार गरिएका युवामा कोरोनाको लक्षण देखिए पछि ओखलढुंगा सामुदायिक अस्पतालमा भने आकस्मिक बैठक बसिरहेको अस्पताल निर्देशक युवराज आचार्यले बताए ।