logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा १० जना बैंकका कर्मचारीसहित तीन जनामा कोराना पृष्टि


अंकुरण खबर
962
Shares

कैलालीमा बैंकका १० कर्मचारीसहित स्वास्थ्य निर्देशनालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक हप्ताको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण देखिएको हो ।

त्यस्तै, स्वास्थ्य निर्देशनालयका कर्मचारीसहित परिवारका तीन जना सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयमा कार्यरत एक कर्मचारी, उनकी श्रीमती र छोरीमा संक्रमण पुष्टि भएको जनाइएको छ ।

हालसम्म सिविल बैंक र ग्लोवल आइएमई बैंकका चार/चार जना, कृषि विकास बैंक र सानिमा बैंकका एक/एक जना कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ ।