नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ९०० तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाला सुन तोलाको ९७ हजार ६०० मा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ४०० तोकिएको छ। बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० थियो ।
आज चाँदी तोलाको एक हजार ३४० मा कारोबार भइरहेको छ ।