logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य


अंकुरण खबर
1.105K
Shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ९०० तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाला सुन तोलाको ९७ हजार ६०० मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ४०० तोकिएको छ। बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० थियो ।

आज चाँदी तोलाको एक हजार ३४० मा कारोबार भइरहेको छ ।