logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सचिवालय बैठकअघि बालुवाटारमा ओली र प्रचण्डबीच छलफल


अंकुरण खबर
780
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

ओली र प्रचण्डबीच शुक्रबार दिउँसो १२ बजेपछि बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

उनीहरुबीच शनिबार बस्ने सचिवालय बैठकको तयारी र पार्टीभित्रको समस्या समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ ।

महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न शनिबार बिहान ११ बजे सचिवालय बैठक बस्दैछ ।