बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा ४७ प्रहरीमा संक्रमण देखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक उच्च अधिकृतले जानकारी दिए ।
संक्रमित सशस्त्र प्रहरी काठमाडौंबाट थप मद्धतका लागी तराई गएका थिए । उनीहरुलाई बारास्थित गण नम्बर-४० (रिजर्भ गण) मार्फत परिचालन गरिएको थियो ।
संक्रमित सशस्त्र प्रहरीलाई अहिले पिलुवास्थित रिजर्भ गणमा तयार पारेको आईसोलेशनमा राखिएको छ ।
१५ दिनअघि क्वारेन्टाइनमा बसेका प्रहरीलाई काठमाडौं फिर्ता हुनुअघि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताईएको छ ।