सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
शनिवार (भोली) बिहान ११ बजेका लागि तय गरिएको बैठक भदौ १८ गते बिहीवारसम्मका लागि सारिएको नेकपाका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमदल दाहालबीच दुई घण्टा भएको छलफलमा बैठक सार्ने सहमति भएको हो।
कोरोना भाइरस संक्रमण जोखिमका कारण अध्यक्षद्वय बैठक सार्न सहमत भएको दाहाल निकट स्रोतले जानकारी दियो ।
सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि पेस गरिएको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची थियो। पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवै अध्यक्षले ३० साउनमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। कार्यदलले ३ भदौमा प्रतिवेदन बुझाएको थियो।
नेकपाभित्रको विवादका कारण असार १० गते सुरु भएको स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ।