उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा मृत्यु भएको छ ।
मृत्युपछि उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । निमोनियको समस्या देखिएको उनलाई भदौ ९ गते त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । उनको सोही दिन राति उपचारको क्रममा मृत्यु भएको थियो।
स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको रिपोर्टमा बिहीबार राति संक्रमण पुष्टि आएको हो ।