logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा


अंकुरण खबर
1.144K
Shares

जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य बिग्रँदै गएको भन्दै पदबाट राजीनामा दिएका छन् ।

लामो समयदेखि बोवेलको समस्या भोगिरहेका आबेले पदभार सम्हाल्न आफू असमर्थ रहेको बताए ।

‘कमजोर स्वास्थ्यले राजनीतिक निर्णयलाई प्रभावित पार्नुु हँदैन । म जापानीहरूको अपेक्षा पूरा गर्न असमर्थ छु त्यसैले प्रधानमन्त्रीका रूपमा रहिरहन मिल्दैन र राजीनामा दिँदैछु,’ शुक्रवार उनले टीभीमार्फत सम्बोधन गर्दै भने ।

‘राजनीतिमा परिणाम निकाल्नु सबभन्दा महत्त्वपूर्ण कुरा हो । सात वर्ष, आठ महिनासम्म मैले उम्दा परिणाम निकाल्नका लागि आफ्नो सर्वोत्कृष्ट प्रयास गरेको छु । तर म रोगसँग लडिरहेको छु र मलाई उपचार आवश्यक छ ।’

अर्थमन्त्री तारो आसो कार्यवाहक प्रधानमन्त्री बन्ने सम्भावना छ तर आबेको राजीनामाले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीमा नेतृत्वको प्रतिस्पर्धा चर्काएको छ ।

आबे आफैंले चाहिँ दलको आगामी अध्यक्ष र प्रधानमन्त्री को हुने भनी खुलाएनन् । एजेन्सी