उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र-बाहिर गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका हुन्।
उनीहरू दुबै जना छाउनी गइरहेको र भित्र-बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि आज थाहा भएकाले होम आइसोलेसनमा बसेको स्रोतले बताएको छ । अब उनीहरुको पिसिआर परिक्षण पनि हुनेछ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ । भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापाकै कारण १८ गते बस्ने भएको छ ।