logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३६,४५६ पुग्यो


अंकुरण खबर
1.248K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशलामा गरिएको परीक्षणको क्रममा ९ सय २७ जनामा संक्रमण देखिएको हो । यससँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

गत २४ घण्टामा देशभरका सबै प्रयोगशालामा गरी १० हजार २ सय २९ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।