logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा आज थपिए ४१५ जना कोरोना संक्रमित


अंकुरण खबर
949
Shares

काठमाडौं उपत्यकामा आज शुक्रबार ४१५ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो केही दिनयता उपत्यकामा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ ।