logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा २९ जनामा देखियो कोरोना संक्रमण


अंकुरण खबर
910
Shares

मकवानपुरमा शुक्रबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक कोरोना प्रयोगशालाले   दिएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका २४ जना, मनहरी गाउँपालिकाका एक जना र ४ जना जिल्ला बाहिरका व्यक्तिमा कोरोना संक्रमण भएको हो ।

जिल्ला बाहिरका भए पनि उनीहरु अहिले मकवानपुरमा रहदै आएको कर्रा आइसोलेसन वार्डले जनाएको छ । भदौ ३ गते संकलित एक सय ५८ स्वाब नमूनाको शुक्रबार रिपोर्ट आएको हो ।

उपमहानगरपालिकाका संक्रमितमध्ये १५ जना पुरुष र ९ जना महिला रहेका छन् ।