logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको जोखिम बढ्दै, आइतबारदेखि दाङमा एक साताका लागि लकडाउन लागू गरिने


अंकुरण खबर
598
Shares

आगामी आइतबारदेखि दाङमा एक साताका लागि लकडाउन लागू गरिने भएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्मका लागि लकडाउन लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले तत्काल लकडाउन लागू गर्न विभिन्न पक्षबाट सुझाव आएको थियो । एक साताको समय अवधि निर्धारण गरिएको भएतापनि आगामी २२ गतेपछिको अवस्थालाई मध्यनजर गर्दै पुनः अर्को निर्णय लिन सकिने प्रजिअ रिजालले बताए ।

लकडाउन अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात क्षेत्र, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, संघसंस्थाका कार्यालयलगायत सम्पूर्ण बन्द रहनेछन् । साथै नागरिकहरुलाई पनि अत्यवश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको छ ।