logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

पाल्पामा जारी निषेधाज्ञालाई १९ गतेसम्म लम्ब्याइयो


अंकुरण खबर
897
Shares

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी निषेधाज्ञालाई पुनः एक साताका लागि लम्ब्याएको छ ।

यस अगाडि लागू गरिएको निषेधाज्ञा आज (१२ गते) राति १२ बजे सकिदै थियो ।

आज बसेको सीसीएमसीको बैठकले जारी निषेधाज्ञालाई भदौ १९ गतेसम्मका लागि लम्ब्याएको हो । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा एम्वुलेन्स, शववाहन, खाद्य सामग्री बोक्ने सवारी साधन, औषधि वोकेका सवारी साधनलगायत कुटनीतिक नियोगका सवारी साधनहरु चल्न पाउने छन् ।

निजी र सार्वजनिक साधनहरुलाई भने रोक लगाइएको छ ।

अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग र स्वास्थ सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने जानकारी गराइएको छ ।