logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियाबाट एकै दिन ल्याइयो १६ नेपालीको शव


अंकुरण खबर
1.092K
Shares

मलेसियाबाट आज एकै दिन १६ जना नेपालीको शव ल्याइएको छ ।

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएकामध्ये १६ वटा शव आज नेपाल ल्याइएको हो । मलेसियाबाट घर फर्कने नेपाली लिन गएको नेपाल एअरलान्सको चार्टर्ड जहाजले २ सय ६२ जना यात्रु र १६ वटा शव ल्याएको हो ।

यस्तै आजै मलेसियाबाट हिमालय एअरलाइन्सको चार्टर्ड जहाजबाट १५६ जना नेपाली पनि स्वदेश आइपुगेका छन् । कतार एअरवेजमार्फत दोहाबाट आज नै ७२ जना नेपाली स्वदेश आएका र १२७ जना यात्रु लिएर कतार एअरवेज फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार, भोलि शनिबार नेपाली ल्याउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कन गरी ९ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछ ।

सिल्क एअर सिङ्गापुरबाट नेपाली लिएर आउनेछ भने जजिरा एअर कुवेतबाट आउँदैछ । हिमालय एअरलाइन्सको दुई जहाज मलेसियाको क्वालालाम्पुर र कुनमिङ् जाने र नेपाल एअरलाइन्सको एउटा जहाज पनि नेपाली लिन भोलि मलेसियाको क्वालालाम्पुर जाने तालिका रहेको छ ।

भोलि नै नेपाल एअरलाइन्सले कुवेत गएर त्यहाँ समस्यामा रहेका नेपालीहरु लिएर आउँदैछ ।