जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ भारतमा रहेको विभागले जानकारी दिएको छ ।
विभागको अनुसार भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली अवस्थित रहेको र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ ।
विभागका अनुसार आज (शनिबार) देशभर सामान्यतया बदली रहने छ । केही स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको पूर्वी क्षेत्र (प्रदेश नम्बर १) र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
प्रदेश नम्बर १ र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।