logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगन्जमा भेन्टिलेटरमा उपचाररत ३५ वर्षीय कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
624
Shares

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका एक पुरूषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

पहिल्यैदेखि एचआईभी पोजेटिभ ३५ वर्षिय ती युवकलाई शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो ।

उनलाई स्वासप्रस्वासमा समस्या देखिनुका साथै ज्वरो, रूघाखोकी र निमोनियाको लक्षण देखिएको नारायणी अस्पतालका चिकित्सक डा. अतुलेश चौरसियाले बताए।

भर्नालगत्तै भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको हिजो राति मृत्युु भएको हो । योसँगै पर्सामा ३५ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ ।