चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
थपिएका संक्रमितमध्ये १५ जना चितवन जिल्लाका छन् । चितवनको भरतपुर महानगरपालिकाका १४ र रत्ननगर नगरपालिकाका १ जना छन् । २५ देखि ५९ वर्ष उमेर समूहका ८ पुरुष तथा ११ देखि ४० वर्ष उमेर समूहका ६ महिलामा संक्रमण देखिएको हो ।
यस्तै, रत्ननगर नगरपालिकाको वडा नम्बर १ का ५६ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । गोरखाका २, महिला, सप्तरीका १ महिला र १ पुरुष, मकवानपुरका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै, दैलेख, गुल्मी, बारा, सुर्खेत र मोरङका १–१ गरी ३ पुरुष तथा २ महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।