चितवनका २९ सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालका अनुसार चितवनका २९ जना र अन्य जिल्लाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले गएराती सार्वजनिक गरेको विवरण अनुसार भरतपुर महानगरपालिकाका २७ जना र खैरहनी नगरपालिकाका दुई जना रहेका छन् ।
संक्रमित अन्य जिल्लाका मध्ये तनहुंँका दुई जना, झापाका दुई जना, नवलपुर, सर्लाही, दाङ, धनुषा, पांचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका १र १ जना गरी १० जना संक्रमित भएका छन् ।