logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणको त्रासले यी जिल्लामा निषेधाज्ञा जारी


अंकुरण खबर
754
Shares

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाल देशका ४९ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । जसमध्ये ३९ जिल्लामा पूर्ण तथा १० जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आज बिहानसम्मको तथ्याङ्क अनुसार जिल्लामा संक्रमणको अवस्थालाई हेरेर आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको गृहमन्त्रालयका सुचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार पूर्ण निषेधाज्ञा भएका जिल्लामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, स्याङजा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कन्चनपुर, डडेल्धुरा, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन, बैतडी, कपिलवस्तु, डोल्पा, मोरङ, डोटी र दाङ छन्।

त्यस्तै आंशिक निषेधाज्ञा नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा लगाइएको छ ।

पछिल्लो केहि दिनयता निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या कम भएको छ । यसअघि ५१ जिल्लामा निषेधाज्ञा जारी गरिएकोमा गुल्मी, लमजुङ, उदयपुर, कालिकोट र पाँचथरमा लगाइएको निषेधाज्ञा भने हटाइएको लामिछानेले जानकारी दिए ।

सरकारले जिल्ला तथा विभिन्न स्थानीय तहमा निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । प्रशासनको समन्वयमा केही जिल्ला तथा स्थानिय तहहरुले निषेधाज्ञा जारी गरेको छन् ।