logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

दुई चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण, प्रादेशिक अस्पताल बन्द


अंकुरण खबर
1.014K
Shares

जिल्लाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ ।

अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो ।

अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द गरी ‘कन्ट्याक्ट टे«सिङ’ गरिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले बताए ।

उनका अनुसार अस्पतालमा रहेका सबै बिरामीको स्वाब सङ्कलन गरिने छ ।