पर्सामा ६ महिने शिशुसहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा पोखरिया नगरपालिकका १२ जना र अरु वीरगञ्ज महानगरपालिका विभिन्न वडाका हुन् ।
विभिन्न जिल्लाका ४४२ जनाको स्वाब परीक्षण गरिएकोमा पर्सा सहित ४७ जनामा संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालमै गरिएको परीक्षणमा बारा जिल्लाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिनेमा महागढिमाइ नगरपालिकाका दुई जना, जितपुर सिमरा उपमहानगरपालिकाका दुई जना, विश्रामपुरका तीनजना रहेका छन् । अन्य सक्रमित भने कलैयाका विभिन्न बडाका रहेका छन । मोरङ र काठमाडौँका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।