logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


अंकुरण खबर
1.95K
Shares

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

शुक्रबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ७७ रुपैयाँ रहेको छ ।

आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रति तोला १३४० रुपैयाँमा कारोबार भैरहेको छ ।