सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा आइतबार बिहान गएको पहिरोले चार घर पुरेको छ ।
पहिरोमा परी सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घर पुरेको हो । त्यस्तै प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ ।
पहिरोको जोखिम बुझेर मानिसहरुले केही दिनअघि नै घर छाडेकोले मानवीय क्षति भने भएन । घटनास्थलमा सुरक्षाकर्मी पुगेका छन् । विस्तृत क्षतिको विवरण भने आइसकेको छैन ।
पहिरोले घरमा रहेको अन्नपातसँगै हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय जनाएका छन् ।