नेपाली सेनाका एक सिपाहीले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् ।
भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा ड्युटीमा खटिएका तनहुँका सिपाहीले आइतबार बिहान ३ बजेतिर आफैले टाउकोमा गोली प्रहार गरेर आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्री हुन् । उनी अविवाहित थिए । उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए। उनको मृत्युपछि महानगरीय अपराध महाशाखा र सिंहदरबार वृत्तको टोली घटनास्थलमा गएको थियो।
मृतकको शव पोस्टमार्टमका लागि त्रिविशिक्षण अस्पताल पठाइएको छ ।