logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा थपिए १६ कोरोना संक्रमित


अंकुरण खबर
689
Shares

कपिलवस्तुमा आइतबार १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा कपिलवस्तु नगरपालिकाका ७ जना रहेका छन् गैरसकराकी संस्थामा कार्यरत कर्मचरी, सुठैली भन्सारका कर्मचारी, मन्दिरका पुजारी, व्यवसायी , गृहणी तथा विद्यार्थी रहेका छन् ।

त्यस्तै शिवराज नगरपालिकामा ३ जना थपिएका छन् उनीहरु तीनै जना भारतवाट आएका र क्वारेन्टाइनमा बसेका हुन  ,त्यस्तै वाणगगा नगरपालिकामा २ जना संक्रमित थपिएका छन् ।

बुद्धभुमी नगरपालिकामा २ जना, त्यस्तै शुद्धोधन र विजयनगर गाउंपालिकामा १,१ जना संक्रमित थपिएका छन् ।  १६ जना थपिएसंगै जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या १ हजार १ सय ३० पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए ।

जिल्लामा समुदाय स्तरमा  दिनहुं संक्रमितको सख्यां थपिदै गएको छ । प्रशसनले १५ गते राती १२ सम्म निशेषआज्ञा जारी गरेको छ ।