logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
923
Shares

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको आइतबार अपरान्ह मृत्यु भएको हो । मृतकमा पहलेदेखि नै मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी आइतबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।