नेप्सेले सेयर कारोबार गर्ने समय आज थपेको छ ।
दिनभर बजार चल्न नसकेपछि अब समय थपेर साँझ ५ बजेर १५ मिनेट जाँदासम्म पुर्याइएको हो । ३ बजेर १५ मिनेटबाट कारोबार सुरु हुने र साँझ सवा ५ बजेसम्म बजार खुल्ने नेप्सेले बताएको छ ।
टीएमएस प्रणाली भद्रगोल भएपछि लगानीकर्ताले अनेकौं सास्ती खेप्नु परिरहेको छ । सर्वसाधारण लगानीकर्ताको आक्रोश पनि बढिरहेको छ ।