logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
1.391K
Shares

भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर ११ का ५२ वर्षीय पुरुषको आइतबार मध्यान्न मृत्यु भएको हो । अस्पतालले विज्ञप्ति जारी गर्दै उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

निमोनिया र उच्च ज्वरोका कारण भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ ७ गते गरिएको स्वाब परीक्षणमा उनका कोरोना संक्रमण पुष्टि भएको थियो ।