logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १,२२१ जनामा कोरोना संक्रमण पुष्टि, २६७ डिस्चार्ज


अंकुरण खबर
1.378K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोरोना पुष्टि हुनेमा ३४८ महिला र ८७३ पुरुष छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ७१६ जनाको पीसीआर परीक्षण गरिएको र हालसम्म ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसन १० हजार ६१२ छन् भने होम आइसोलेसनमा ६ हजार ९०६ जना संक्रमित बसिरहेका छन्। त्यस्तै विभिन्न क्वारेन्टिनमा ७ हजार ७९७ जना रहेका छन् ।

यस्तै आज मात्रै २६७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।