logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखामा सोमबारदेखि निषेधाज्ञा हट्ने


अंकुरण खबर
1.157K
Shares

गोरखामा दुई सातादेखि जारी गरिएको निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र, कमाण्ड पोष्ट तथा सरोकारवालाहरुको बैठकले गत भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञा खुलाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाएर बजार र कार्यालयहरु सबै खुलाउने, तर जिल्ला प्रवेश गर्ने सीमा नाकाहरु झन कडा बनाउने निर्णय भएको जनाइएको छ । त्यस्तै व्युटिपार्लर, सैलुन, चटपटे पसलहरु नखुलाउने निर्णय भएको छ ।

गोरखा नगरपालिकाको वडा नं. १३ मा कोरोना संक्रमण अन्यत्रको तुलनामा बढी देखिएकाले तत्काल सो वडा भने बन्द नै रहने जनाइएको छ ।