logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीमा थप एक हप्ताका लागि निषेधाज्ञा जारी


अंकुरण खबर
1.755K
Shares

बैतडीमा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ ।

आइतबार बसेको कोरोना जोखिम नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले भदौ २१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

यसअघि भदौ १४ गते राति १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा एक हप्ता थपिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार निषेधाज्ञा अवधिभर जिल्लामा अत्यावश्यक सेवा वाहेका सबै प्रकारका सेवा बन्द हुने छ ।