logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीमा थप एक हप्ताका लागि निषेधाज्ञा


अंकुरण खबर
780
Shares

डोटीमा आइतबार राति १२ बजेदेखि लागू हुने गरि एक हप्ता निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लाभित्र कोरोना महामारी फैलिनेक्रम बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि निषेधाज्ञा जारी गरिएको हो।

जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकको निर्णय अनुसार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु पूर्ण रूपमा बन्द हुने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।