चितवनको भरतपुरमा अर्का एकजना कोराना संक्रमित पुरुषको मुत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर वडा नम्बर छ का ७८ वर्षका पुरुष रहेका छन् । भदौ २ गते संक्रमण पुष्टि भएका उनको छ गतेदेखि उनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।
निमोनिया र स्वासप्रस्वासमा समस्या भएका ती पुरुषको सघन उपचार कक्ष ‘आईसीयु’मा उपचार भइरहेको थियो ।