logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण


अंकुरण खबर
663
Shares

पर्साको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु ६ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये पर्साका ३२ जना, बाराका ५ जना र एक जना सर्लाहीका छन ।  श्रीपुरका १२, छपकैयाका तीन र अन्य विभिन्न वडाका बासिन्दा छन् । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका चार जना विरामीमा पनि संक्रमण देखिएको छ ।

त्यस्तै कालिकामाई गाउँपालिका ९, जिराभवानी गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ । बाराको कोल्भीमा ३ र महागढीमाईका २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको हो ।