नेपाली बजारमा आज सुनचाँदीको भाउ केही बढेको छ।
आज छापावाल सुन हिजोको तुलनामा तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १३६५ पुगेको जनाएको छ ।