पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १९० जना, ललितपुरमा ६७ जना र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।
यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ८९९ जनामा कोरोना संक्रमित थपिएका छन् ।