कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप सात जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीय बालिकासहित थप सात जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले बताए ।