logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल एयरलाइन्सले गर्यो अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक


अंकुरण खबर
806
Shares

भदौ १६ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ ।

निगमले सेप्टेम्बर महिनाको लागि सोमबार चार अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार सेप्टेम्बर २, १६ र ३० तारिखमा नारिता उडान हुने छ ।

दुवईको लागि आठ उडान तोकिएको छ । निगमले दुवईमा सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८ तारिखमा उडान भर्ने छ । त्यस्तै ६, १३, २० र २७ तारिखमा क्वालालम्पुर उडान हुने निगमले जनाएको छ ।

सेप्टेम्बर ९ र २३ तारिखमा हङकङ उडान हुने छ ।