कपिलवस्तुमा लकडाउन भदौ २२ गतेसम्म लम्बिएको छ ।
यसअघि घोषणा गरिएको लकडाउन सोमबार (आज) राति १२ बजे सकिन लागेको बेला जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले भदौ २२ गते राति १२ बजेसम्म लकडाउन थपेको हो ।
जिल्ला प्रशासनमा आइतबार दिउँसो जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा गएपछि प्रशासनले गत श्रावण २६ गते राति १२ बजेदेखि लकडाउन गरेको थियो ।
लकडाउनको समयमा बैंक तथा वित्तिय संस्था बिहान १० बजे देखि १ बजेसम्म न्यूनतम कर्मचारी राखेर संचालन गर्न सकिने प्रशासनले बताएको छ ।
कपिव्लास्तु जिल्लामा अहिलेसम्म एक हजार १२२ जना संक्रमित भएका छन् भने ९४१ जना डिस्चार्ज भएका छन् । जिल्लामा अहिले १७७ सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट जिल्लामा अहिलेसम्म ३ जनाको निधन भएको छ ।
