सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सोमबार सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असोज १ बाट लामो दूरीका यातयात सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिए ।
यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।
यसअघि भदौ १६ गतेदेखि अन्तर-जिल्ला र यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए ।