logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
845
Shares

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सोमबार ४० जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार सुर्खेतमा मात्रै ३७ जना, जुम्ला, बाँके र बैतडीका एकरएक जनामा संक्रमण देखीएको छ ।

सर्खेतमा देखिएका ३७ जनामध्ये २८ जना वीरेन्द्रनगर नगरपालिकाका रहेका छन । वीरेन्द्रनगर नगरपालिका वडा नं.३, ४, ६, ७, ८ र १२ का १२ जना महिला र २५ जना पुरुषमा संक्रमण देखिएका छन् ।

त्यस्तै चौकुने गाउँपालिका-४ की ६ वर्षीया एक बालिका र गुर्भाकोट नगरपालिका वडा नं. ८ र ९ का ८ जना पुरुष रहेका छन् । यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २४४२ पुगेको छ ।

साथै, कर्णालीमा सोमबार थप १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २०८६ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ३५० जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।