logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण


अंकुरण खबर
2.054K
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

ग्राण्डी अस्पतालमा आइतबार गरिएको परीक्षणका क्रममा मेयर शाक्यमा कोरोना पोजेटिभ देखिएको हो ।

शाक्यकी पत्नीलाई ज्वरो र खोकीको लक्षण देखिएपछि दुवै जनाले ग्राण्डी अस्पताल पुगेर स्वाब दिएका थिए । दुवै जनाको स्वाब परीक्षण गरिएकोमा शाक्यकी पत्नीको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

कोरोना पोजेटिभ देखिएपछि मेयर शाक्य होम आइसोलेसनमा बसेका छन् । उनमा कुनै पनि लक्षण देखिएको छैन। स्वास्थ्य अवस्था सामान्य रहेको छ ।