logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमण हुँन नदिन सचेत छौं : काईके गाँउपालिका


अंकुरण खबर
1.196K
Shares

डोल्पा जिल्लाको काईके गाँउपालिकामा कोरोना संक्रमण हुँन नदिन कुनै कसर बाकी नराखेको जनप्रतिनिधिले जनाएका छन् ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र रोकायका अनुसार बाहिरबाट आउनेलाई १४ दिन क्वारेन्टाईनमा राखेर मात्र गाँउ प्रवेष गर्न दिएकाले हालसम्म गाउँपालिकामा कोरोना संक्रमित नरहने जानकारी दिए । विभिन्न कामले काठमाडौं उपत्यकामा बसोबास गर्ने ४०० जना भन्दा बढीलाई पहिलो पटकको लकडाउनमा उद्धार गरि गाउँपालिका लगेको उनले बताए ।

संक्रमण हुन नदिन सबै वडामा जनचेततामूलक सन्देश प्रवाह गरेको र आवश्यक सावधानी अप्नाउन आग्रह गरेको प्रवक्त रोकायले जानकारी दिए । यदि संक्रमण देखिहाले गाँउपालिकाका सबै वडामा विरामाीको उपचारमा क्षमताले भ्यायसम्म राम्रो व्यवस्था गर्न लागिपरेको बताए । काईके गाँउपालिकामा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण देखिएको छैन् ।