नेपालमा कोरोना भाइरसका कारण थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक १८ वर्षीया युवतीसमेत छिन् ।
कोरोना भाइरस संक्रमणका कारण चितवनमा तीन, वीरगञ्ज र धरानमा एक–एक जनाको मृत्यु भएको हो ।
चितवनमा हिजो मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु छन् ।
वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गए राति उनको मृत्यु भएको हो ।
त्यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाको मिर्चैया–६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।